बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

दिल्ली विधानसभामा भाजपाको सानदार कमव्याक, आपको सिट घट्दा शून्यमा कंग्रेस

दिल्ली विधानसभामा भाजपाको सानदार कमव्याक, आपको सिट घट्दा शून्यमा कंग्रेस

केजरीवालले स्वीकारे हार

  • खबर सेवा

  • शनिबार, माघ २६, २०८१

  • 94
    SHARES
दिल्ली विधानसभामा भाजपाको सानदार कमव्याक, आपको सिट घट्दा शून्यमा कंग्रेस
तस्बिर : बीबीसी हिन्दीबाट

भारतको राजधानी नयाँ दिल्ली प्रान्त (विधानसभा)को मतगणना अहिले अन्तिम चरणमा छ। शुक्रबार सम्पन्न मतदानको आज गणना गर्ने क्रममा केही आश्चार्यजनक नतिजा आइरहेका छन्।

यसपटक राजधानी दिल्लीमा सत्तापक्ष भारतीय जनता पार्टी (भाजपा)ले सानदार कमव्याक गरेको छ। भाजपाले अब दिल्लीमा सरकार बनाउन प्रष्ट बहुमत बटुलेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्थान टाइमका अनुसार हालसम्म भाजपाले २७ सिटमा जित निकालेको छ भने २३ सिटमा अग्रता कायम गरेको छ। भाजपाले १३ सिटमा जित हासिल गर्दा ७ सिटमा अग्रता कायम गरेको छ। यता, आइ कांग्रेस नतिजा रअग्रतामै शून्यमा छ। सरकार निर्माण गर्न ३६ सिट आवश्यक पर्छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाजपाको सरकार बन्न निश्चित देखिन्छ।

केजरीवालले स्वीकारे हार
दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनावमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन्। उनले विपक्षी भाजपालाई बधाई समेत दिएका छन्। एक भिडियो सन्देशमार्फत उनले हार स्वीकारेका हुन्। यो चुनावको नतिजासँगै अब दिल्लीमा केजरीवालको सरकार नबन्ने निश्चित भएको छ।

भाजपाका परवेश वर्माले आम आदमी पार्टीका केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरेका छन्। वर्माले ३० हजार ०८८ मत पाएका छन् भने दिल्लीका पूर्व मुख्यमन्त्रीले २५ हजार९९९ मत पाएका छन् । कांग्रेस उम्मेदवार सन्दीप दीक्षितले ४५६८ मत प्राप्त गरे।

अरविन्द केजरीवालको आम आदमी पार्टीले कांग्रेससँग गठबन्धनमा २०१३ को विधानसभा चुनाव पछि पहिलो पटक ४९ दिनको सरकार गठन गर्यो। पार्टीले २०१५ मा केन्द्र शासित प्रदेशको ७० सिटमध्ये ६७ सिट जितेर सत्तामा पुगेको थियो।

पछिल्ला केही वर्षहरूमा अरविन्द केजरीवाल र मनिष सिसोदियालगायत आपका धेरै नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ। केजरीवाल, सिसोदिया, सञ्जय सिंह र सत्येन्द्र जैन महिनौं जेलमा थिए र जमानतमा बाहिर छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology