राजनीति

मनपरीतन्त्र टुलुटुलु हेरेर बस्दैनौ ; राजाराम बर्तौला

काठमाडौं। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अहिले मुलुकमा ब्रम्हलुट र मनपरीतन्त्र हाबी भएको बताएका छन्। उनले यो अवस्थामा राप्रपा नेपाल टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।

पार्टी आवद्ध मजदुर संगठन टुकोनको कार्यक्रममा बोल्दै बर्तौलाले मनपरितन्त्र अन्त्यको लागि आन्दोलन जरुरी भएकोले संघर्षको तयारीमा जुट्नु पर्नेमा जोड दिए।

ब्यवस्था नबदली मुलुकको अबस्था नबदलिने भएकोले अहिलेको राज्य ब्यवस्था र प्रणाली परिबर्तन जरुरी भएको उनको तर्क छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अब देशले धान्न सक्दैन भन्दै बर्तौलाले युवाविहीन देश बनाउने प्रणाली टिक्नै नसक्ने दाबी गरे।

कार्यक्रममा टुकोन अध्यक्ष हिक्मतजङ्ग भण्डारी , नेताहरू राजाराम बर्तौला ‘चुनेली’ अजेलिया रन्जितकार, कर्माडोलकर गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रममा लैङ्गिक समानताको लागि १० बुँदे आचार सहिता समेत प्रस्तुत गरिएको थियो।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...