Breaking News

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य योजनालाई समसामयिक र प्रभावकारी पहल भएको बताएका छन्। उनले यो कार्ययोजना केवल कागजी नभई व्यवहारमै परिवर्तन ल्याउने उद्देश्यले तयार गरिएको भन्दै प्रशंसा गरेका हुन्।

विशेष गरी बुँदा नम्बर ५ लाई उनले ऐतिहासिक कदमका रूपमा उल्लेख गर्दै दलित तथा ऐतिहासिक रूपमा वञ्चित समुदायमाथि भएको विभेदको औपचारिक स्वीकार, सामाजिक न्यायको प्रवर्द्धन र मेलमिलापको आधार निर्माणले राज्यलाई थप समावेशी बनाउने विश्वास व्यक्त गरे ।

विकका अनुसार यस अभियानले नागरिक केन्द्रित शासन प्रणालीलाई बलियो बनाउनेछ।

उनले डिजिटल सेवा विस्तार, छिटो र पारदर्शी सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम, तथा नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने एजेन्डालाई विशेष रूपमा सकारात्मक रहेको बताए । साथै, प्रशासनिक सुधार, उत्तरदायी कर्मचारी प्रणाली र सेवा प्रक्रियामा सरलीकरणले जनतालाई प्रत्यक्ष राहत पुग्ने उनको धारणा छ।

उनले यी सबै सुधारहरूले सरकारप्रति जनविश्वास बढाउने मात्र नभई सुशासनको नयाँ मापदण्ड स्थापित गर्ने बताए। विकले सरकारलाई यी बुँदाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै निरन्तर अनुगमन र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

महेश बस्नेत खोज्न प्रहरी परिचालन

महेश बस्नेत खोज्न प्रहरी परिचालन

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी...

माइतीघरमा एमाले-प्रहरी हानाहान

माइतीघरमा एमाले-प्रहरी हानाहान

काठमाडौं। नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा...

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

ओली-लेखकलाई ५ दिन थुन्न अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद...

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन...