कांग्रेसको जिल्ला पार्टी कार्यालयमा ताला

 

कास्की । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कांग्रसका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय भए पछि नेपाली कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान भएको भन्दै एकीकृत समाजवादीलाई मेयर दिने निर्णयलाई परिर्वतन नगरे सम्म यो ताला नखोलीने वताएका छन् ।
केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

यसै विषयमा छलफल गर्न महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक दिउँसो एक बजे बोलाइएको बताए ।

पोखरा एकीकृत समाजवादीले नै पाउने पक्का भएपछि कास्कीका नेता, कार्यकर्ता रुष्ट छन् ।

हिजो कास्कीका नेताहरुलाई भेटी देउवाले गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए ।

You might also like
Comments
Loading...