Breaking News

आईपीएल : केकेआरविरुद्ध मुम्बईको जित

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ।

यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन। वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९।१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।

मुम्बईका लागि रोहित शर्मा र रेयान रिकेल्टनले उत्कृष्ट सुरुआत दिलाए। दुवैले पहिलो विकेटका लागि ११।५ ओभरमा १४८ रनको साझेदारी गरे। रोहित शर्माले ३८ बलमा ६ चौका र ६ छक्कासहित ७८ रन बनाए। उनले २३ बलमै अर्धशतक पूरा गर्दै आईपीएल करिअरकै सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । यो उनको आईपीएलको ५०औं अर्धशतक पनि हो।

रेयान रिकेल्टनले ४३ बलमा ८ छक्का र ४ चौका सहित ८१ रनको आक्रामक पारी खेले । त्यसपछि सूर्यकुमार यादवले १६ रन, तिलक वर्माले २० रन र हार्दिक पाण्ड्याले १८ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए।

रोहित शर्मा र रेयान रिकेल्टनबीचको १४८ रनको साझेदारी मुम्बईका लागि आईपीएल इतिहासकै तेस्रो ठूलो साझेदारी बन्यो। यसअघि केकेआरका लागि अजिंक्य रहाणेले ४० बलमा ६७ रनको उत्कृष्ट पारी खेले भने अंगकृष रघुवंशीले २९ बलमा ५१ रन बनाए । फिन एलनले १७ बलमा ३७ रन बनाउँदै तीव्र सुरुआत दिलाएका थिए। अन्त्यतिर रिंकू सिंहले ३३ रन जोडे।

मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट लिए। केकेआरका लागि सुनील नारायण, वैभव अरोरा र कार्तिक त्यागीले समान १–१ विकेट लिए।

 

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन

अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन

इस्लामाबादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरूले अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई पूर्ण...

संविधान संशोधन बहसपत्र बनाउन कार्यदल बन्ने

संविधान संशोधन बहसपत्र बनाउन कार्यदल बन्ने

काठमाडौँ। सरकारले दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारका लागि कार्यदल गठन गर्ने भएको छ । सो कार्यदलले ‘संविधान संशोधन बहसपत्र’...

लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ। घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन्। उनलाई...

विभिन्न तहमा भर्नासम्बन्धी परीक्षा र ब्रिज कोर्ष बन्द गर्ने सरकारको निर्णय

विभिन्न तहमा भर्नासम्बन्धी परीक्षा र ब्रिज कोर्ष बन्द गर्ने सरकारको निर्णय

काठमाडौं।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द...