फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदामा फेवातालका अतिक्रमण हटाउन ९० दिनभित्र प्रक्रियाअघि बढाउने उल्लेख छ ।
प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको आदेश बमोजिम तालको अतिक्रमण हटाउने अभियान र सौन्दर्यकरणबारे चासो राख्नुभएको हो । आइतबार साँझ पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई टेलिफोन गरी तालको अवस्था र पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको हो ।
मानवीय र प्राकृतिक दुवैथरी अतिक्रमणले खुम्चिँदै गएको फेवाताल किनारमा अहिले पनि मापदण्डभित्रै संरचना बनिरहेका छन् भने ताल सिरानको सिमसार पुर्ने क्रम पनि जारी छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले प्रधानमन्त्री शाहलाई उद्धृत गर्दै भन्नुभयो, “फेवातालको अतिक्रमण हटाउने काम कहाँ पुग्यो, के काम बाँकी छ भनेर सोध्नुभयो ।”
तालको सीमाङ्कन सकेर अहिले दूषित र मुआब्जा दिनुपर्ने जग्गा छुट्याउने क्रम चलिरहेको छ । “फेवातालको वरिपरि गरी करिब ४० हजार कित्ता जग्गा छन्,” प्रमुख आचार्यले भन्नुभयो, “कुनको मुआब्जा दिनुपर्ने, कुन दिनुनपर्ने दूषित जग्गा हुन भनी छुट्याउँदै छौँ । प्रधानमन्त्रीलाई त्यसको रिपोर्ट चाँडै लिएर आउँछु भनेको छुु ।”
पर्यटन राजधानी पोखराकै बासिन्दा खडकराज पौडेल ९गनेस० पर्यटनमन्त्री बन्नु र सरकारको प्राथमिकतामा फेवाताल संरक्षण पर्दा निकै खुसी लागेको प्रमुख आचार्यको भनाइ छ । सर्वोच्च अदालतको आदेश बमोजिम फेवातालको किनारबाट ६५ मिटर मापदण्ड कायम गर्ने र सो क्षेत्रमा हरियाली क्षेत्र बनाउने तयारी छ ।
यसका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा बनेको समितिले काम गरिरहेको छ । समितिले बनाएको उपसमितिले दिएको प्रतिवेदनका आधारमा दूषित जग्गाको दर्ता खारेज गर्ने र व्यक्तिको लालपुर्जा भएको जग्गाको मुआब्जा दिने प्रक्रिया सुरु हुनेछ ।
सर्वोच्चले तालको उच्च विन्दुबाट ६५ मिटर क्षेत्र खाली गरी हरियाली क्षेत्र बनाउन भनेको छ । २०३१ सालअघि दर्ता भएका जग्गाको मुआब्जा दिन र २०३१ सालमा तालको बाँध फुट्दा दर्ता गरिएका जग्गाहरुलाई दूषित मानी खारेज गर्न भनेको थियो ।
तालको मापदण्डमा महानगरको शिक्षा महाशाखा, नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय, प्रहरी कार्यालय, रत्नमन्दिर, हिमगृह, दर्जनौं होटल, केही रेष्टुरेन्ट, कफी हाउस, जलारीहरुको गाउँ नै पर्छ ।
ताजा अपडेट
-
१.
३ दर्जनभन्दा बढी सार्वजनिक निकाय पुनरावलोकन गर्न सरकारलाई सिफारिस
-
२.
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
-
३.
इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
-
४.
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
-
५.
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...
सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान संग्रह
काठमाडौ। करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको...
बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते
बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...




