अन्तर्राष्ट्रिय

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु

लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको छ । उक्त कारमा सवार चारै जनाको मृत्यु भएको छ । मृत्यु हुने पत्रकारहरूको पहिचान अल–मनारका संवाददाता अली शोएब, अल–मायादिनकी रिपोर्टर फातिमा फतौनी र क्यामेराम्यान मोहम्मद फतौनीका रूपमा गरिएको छ ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको घोर उल्लंघन बताएका छन् । उनले पत्रकारहरू जेनेभा महासन्धि र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव १७३८ अन्तर्गत संरक्षित सर्वसाधारण नागरिक भएको उल्लेख गरे । जसले प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभएका पत्रकारहरूमाथि आक्रमण गर्न निषेध गर्दछ ।

राष्ट्रपति आउनले लेबनानी भूभागमा भइरहेको आक्रमण रोक्न अन्तर्राष्ट्रिय निकायहरूलाई हस्तक्षेप गर्न आग्रह गर्दै पीडित परिवार र सञ्चार जगतप्रति समवेदना प्रकट गरे । यसैबीच, इजरायली सेनाले अली शोएब हिजबुल्लाहको रदवान फोर्सको गुप्तचर इकाइको सदस्य भएको र उनले हिजबुल्लाह सम्बद्ध अल–मनार नेटवर्कमा पत्रकारको आवरणमा काम गरिरहेको दाबी गरेको छ । यद्यपि इजरायलले यसको कुनै प्रमाण भने पेश गरेको छैन ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन

अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन

इस्लामाबादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरूले अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई पूर्ण...

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन

इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि...

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते

सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता

अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...