इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोधमा विश्वव्यापी प्रदर्शन
इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गर्दै विश्वभर ठूलो मात्रामा विरोध प्रदर्शनहरू भएका छन् । लण्डनदेखि सिड्नी, एथेन्सदेखि डकारसम्मका मानिसहरूले शान्ति र युद्धको तत्काल अन्त्यको माग गर्दै ¥याली निकालेका छन् । प्रदर्शनकारीहरूले युद्धले निम्त्याउने मानवीय र आर्थिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
ग्रीसमा वामपन्थी दलहरू, विद्यार्थी संगठनहरू, श्रमिक युनियनहरू र गैरसरकारी संस्थाहरूद्वारा आयोजित प्रदर्शनमा हजारौं मानिसहरू सहभागी भए । एथेन्सको मुख्य ¥याली संसद भवनबाट शुरु भई अमेरिकी दूतावास अगाडि पुगेर टुङ्गिएको थियो । विरोधको लहर अष्ट्रेलियासम्म पनि पुग्यो । जहाँ पश्चिमी सिड्नीमा सयौं मानिसहरूले इरानमा युद्ध रोक लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले यस युद्धले विश्वव्यापी आर्थिक र मानवीय क्षति पु¥याउने चेतावनी दिएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
इस्लामाबादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरूले अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई पूर्ण...
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा ३ जना पत्रकारको मृत्यु
लेबनानी अधिकारीहरूकाअनुसार दक्षिणी लेबनानको जेज्जिनमा चार जना सवार एक कारमा इजरायलले गरेको हवाई आक्रमणमा तीन जना पत्रकारको मृत्यु भएको...
सुडानमा ड्रोन आक्रमणः १४ जनाको मृत्यु, २३ घाइते
सुडानको दक्षिण कोर्डोफान राज्यको डिलिङ शहरमा अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस’ र त्यसको सहयोगी समूहले गरेको ड्रोन आक्रमणमा १४...
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...




