अमेरिका–इरान वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई समर्थन
इस्लामाबादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरूले अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई पूर्ण समर्थन व्यक्त गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इशाक डारले एक टेलिभिजन सन्देशमा सहभागीहरूले वार्ता र कुटनीति नै दिगो शान्ति प्राप्त गर्ने एक मात्र व्यावहारिक मार्ग भएकोमा सहमति जनाएका छन् ।
उनीहरूले मध्यपूर्वमा थप सैन्य तनाव रोक्न आवश्यक रहेकोमा जोड दिए । डारले भ्रमणमा आएका विदेश मन्त्रीहरूलाई अमेरिका र इरानबीच हुनसक्ने सम्भावित वार्ताको सम्भावनाबारे जानकारी गराएको बताए ।
उनले दुवै पक्षले सहजकर्ताको रूपमा पाकिस्तानको भुमिकामा विश्वास व्यक्त गरेको उल्लेख गरे । बैठकले सहभागी देशहरूबीच समन्वय बढाउन र गहिरो सहयोगका मार्गहरू खोज्न चारै देशका विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित एक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
इस्लामाबादमा भएको यो बैठक क्षेत्रीय परिस्थितिको विकास र तनाव कम गर्ने तथा जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा केन्द्रित थियो । डारकाअनुसार यो पहललाई सबै सहभागी देशहरूबाट बलियो समर्थन प्राप्त भएको छ । मन्त्रीहरूले जारी द्वन्द्वको मानवीय र आर्थिक प्रभावप्रति चिन्ता व्यक्त गर्दै शत्रुता जारी रहँदा विनाश र अस्थिरता मात्र निम्तिने बताए । भ्रमणमा आएका विदेश मन्त्रीहरूले सम्बन्धित पक्षहरूबीच संरचनागत वार्ताका लागि परिस्थिति सिर्जना गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्ने आफ्नो प्रतिवद्धता दोहो¥याए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मेची राजमार्गमा पुनः पहिरो खस्दा सडक अवरुद्ध
झापा । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अबरुद्ध भएको...
संविधान संशोधन बहसपत्र बनाउन कार्यदल बन्ने
काठमाडौँ। सरकारले दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधारका लागि कार्यदल गठन गर्ने भएको छ । सो कार्यदलले ‘संविधान संशोधन बहसपत्र’...
आईपीएल : केकेआरविरुद्ध मुम्बईको जित
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि...
लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पक्राउ
काठमाडौँ। घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन्। उनलाई...




