रोहितको रफ्तारले भारतसँग फेरि इंग्ल्यान्ड स्तब्ध
काठमाडौँ। लामो समयपछि फर्ममा फर्किएका कप्तान रोहित शर्माले विष्फोटक ब्याटिङ गर्दा भारतले इंग्ल्याण्डविरुद्ध लगातार जित निकालेको छ। एकदिवसीय सिरिजमा भारतले इंग्ल्यान्डमाथि दोस्रो जित निकाल्दै दबाबमा राखेको छ।
गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इंग्ल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पुरा गरेको थियो। भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औ शतक हो।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ। अब सिरिजको अन्तिम खेल बुधबार हुदै छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




