
पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ।
ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा खेल्न लागेको हो । गत वर्षको विजेता आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।
यी दुई टोली लगातार दोस्रो वर्ष आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् । गत वर्ष भएको २३औं संस्करणको सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज भिडेका थिए जहाँ चर्च ब्वाइजलाई २(१ ले हराएर आर्मी फाइनल पुगेको थियो र फाइनलमा थ्रीस्टारलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।
यसपटक आर्मीमा राष्ट्रिय टिमका जिलेस्पी जंग कार्की, राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विकेश कुथुलगायत खेलाडी छन् ।