बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

भक्तपुरबाट धादिङ हिँडेको बस दुर्घटना, २३ घाइते

भक्तपुरबाट धादिङ हिँडेको बस दुर्घटना, २३ घाइते

  • खबर सेवा

  • सोमवार, माघ २८, २०८१

  • 76
    SHARES
भक्तपुरबाट धादिङ हिँडेको बस दुर्घटना, २३ घाइते

काठमाडौँ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं।को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका-७ सातकिलास्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology