बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

प्रचण्डको ठोकुवा : अध्यादेश राष्ट्रियसभामा फेल हुन्छ

प्रचण्डको ठोकुवा : अध्यादेश राष्ट्रियसभामा फेल हुन्छ

  • खबर सेवा

  • सोमवार, माघ २८, २०८१

  • 68
    SHARES
प्रचण्डको ठोकुवा : अध्यादेश राष्ट्रियसभामा फेल हुन्छ

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।

जनकपुरमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म जनता समाजवादी पार्टी नेपाल अध्यादेशबारे अडानमै रहेको बताउँदै उनले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने दाबी गरेका हुन् ।

‘जसपा अध्यादेशबारे अहिलेसम्म अडिएको छ । मलाई जहाँसम्म लाग्छ उहाँहरु खाली सरकारको निम्ति जानुहुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘उहाँहरुले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारिन नहुने स्थिति बन्दैछ ।’

अहिले संसदमा पेस भएका अध्यादेशहरु अघि बढ्न नसकी रोकिएको बताउँदै प्रचण्डले सरकारसँग दुई तिहाइ नभएको पनि पुष्टि भएको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology