राजनीति

प्रचण्डको ठोकुवा : अध्यादेश राष्ट्रियसभामा फेल हुन्छ

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।

जनकपुरमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म जनता समाजवादी पार्टी नेपाल अध्यादेशबारे अडानमै रहेको बताउँदै उनले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने दाबी गरेका हुन् ।

‘जसपा अध्यादेशबारे अहिलेसम्म अडिएको छ । मलाई जहाँसम्म लाग्छ उहाँहरु खाली सरकारको निम्ति जानुहुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘उहाँहरुले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारिन नहुने स्थिति बन्दैछ ।’

अहिले संसदमा पेस भएका अध्यादेशहरु अघि बढ्न नसकी रोकिएको बताउँदै प्रचण्डले सरकारसँग दुई तिहाइ नभएको पनि पुष्टि भएको बताए ।

सम्बन्धित समाचार

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...