निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको हकहितका लागि ऐन कानूनमा आवश्यक संशोधन र प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
महासंघको आसन्न अधिवेशनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले निर्माण व्यवसायलाई मर्यादित र सबल बनाउन नीतिगत सुधार नै मुख्य बाटो भएको बताउनुभएको हो ।
आफ्नो कार्यकालको समीक्षा गर्दै अध्यक्ष सिंहले २०७६ सालदेखि निर्माण व्यवसायीहरूको शिर ननिहुरिने गरी उद्योगको हितमा काम गरेको दाबी गर्नुभयो । उहाँले विगतमा भएका विभिन्न आन्दोलन र संघर्षका कारण सार्वजनिक खरिद नियमावलीमा पटक–पटक संशोधन गराउन सफल भएको र सरकारसँग महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गराउनु भयो । अध्यक्ष सिंहले निर्माण व्यवसाय क्षेत्रमा रहेका प्राविधिक र नीतिगत जटिलताहरूलाई चिर्दै अगाडि बढ्न महासंघको आगामी नेतृत्व अझ सशक्त हुनुपर्ने बताउनु भयो । निर्माण उद्योगलाई एउटा सकारात्मक दिशामा लैजान र व्यवसायीहरूलाई उत्साहित बनाउन नयाँ सरकारसँगको प्रभावकारी समन्वय नै अहिलेको मुख्य आवश्यकता रहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामीले विगतमा पटक–पटक नियमावली संशोधन गरायौं र सरकारसँग विभिन्न सम्झौताहरू पनि ग¥यौं तर वास्तविक रूपमा निर्माण उद्योगलाई व्यवस्थित बनाउन आवश्यक पर्ने ऐनको पूर्ण संशोधन अझै बाँकी छ । अब ती उपलब्धिहरूलाई संस्थागत गर्दै ऐन संशोधनतर्फ लाग्नुपर्ने बेला आएको छ । विगतमा संयुक्त सरकारहरूका कारण ऐन कानून संशोधनमा जुन ध्यान पुग्नुपर्ने थियो, त्यो हुन सकेन । अब नयाँ सरकारसँग सहकार्य गरेर निर्माण क्षेत्रका समस्या समाधान गर्ने अवसर आएको छ ।’
देशको फेरिएको राजनीतिक परिस्थिति र नयाँ सरकारको गठनले निर्माण व्यवसायीका मागहरू सम्बोधन हुनेमा उहाँले आशा व्यक्त गर्नुभयो । लामो समयदेखि रोकिएका ऐन संशोधनका कामहरू अब नयाँ सरकारसँगको समन्वयमा अगाडि बढाउन सहज हुने उहाँको तर्क छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
-
२.
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
-
३.
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
-
४.
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
-
५.
निर्माण ऐन संशोधन र उपलब्धिहरूलाई संस्थागत गर्न अध्यक्ष सिंहको जोड
ट्रेन्डिङ
सम्बन्धित समाचार
निजी क्षेत्रको एजेण्डा र आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः हेमराज ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष एवं आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रको एजेण्डालाई...
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ...
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त...
निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि राज्यले बनाउने कानून...




