मौसम : पहाडमा हिउँ, मधेशमा हुस्सुको प्रकोप
काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ।
तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागिरहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने संभावना छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
ऋषि कट्टेल पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ पर्नुभएको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...
कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएको बताउनुभएको...




