Breaking News

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो।

उहाँका अनुसार चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन्।

त्यसपछि वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ।

यस्ता छन् एमालेका निर्णय
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः

१) चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।

२) चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३) वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४) वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५) वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६) सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७) सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो।

८) संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९) आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

सम्बन्धित समाचार

रिहा भए छवि रिजाल

रिहा भए छवि रिजाल

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश दिएकाे छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई...

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काममा सरकारलाई सहयोग हुने बताउनुभएको छ। मंगलवार काठमाडौँमा...

किन प्रहरीले पक्राउ गर्यो रेड फोर्स अध्यक्षलाई?

किन प्रहरीले पक्राउ गर्यो रेड फोर्स अध्यक्षलाई?

काठमाडौं।  जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई ४ घन्टा सोधपुछ गरेर प्रहरीले छाडेको छ । सरकार विरोधी स्ट्याट्स लेखेको...