इजरायलद्वारा युद्धविराम उल्लंघन, हमालले नगर्ने भयो बन्धक रिहा
काठमाडौं । हमासले अब बन्धक रिहा नगर्ने भएक छ। इजरायलले युद्धविराम सम्झौता उल्लंघघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो। हमासले विज्ञप्ति जारी गरी भनेको छ, ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रु ९इजरायल०ले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ।’
यस उल्लंघनमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि एक रहेको हमासले उल्लेख गरेको छ। यसैगरी हमासले इजरायलले गाजापट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ।इजरायलले भने यस विषयमा अहिलेसम्म केही भनेको छैन।
युद्धविराम सम्झौताअनुसार हमासले आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने थियो। यसअघि हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। यसमा नपरेका विपिन जोशी रिहा नहुँदै हमासले बन्धक छाड्ने क्रम रोक्ने कुरा गरेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




