नेपालमा झनै बढी भ्रष्टाचार हुने तथ्यांक फेला, खस्कियो अंक
काठमाडौँ। नेपालमा भ्रष्टाचार हुने दर बढ्दै गएको पाइएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक(२०२४ मा नेपाल गत वर्षको भन्दा एक अंक खस्किएको हो।
भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। नेपालले गत वर्ष ३५ अंक पाएको थियो। यस नतिजाले भ्रष्टाचारविरुद्व प्रभावकारी रुपले काम-कारबाहीअगाडि बढाउन अत्यन्त जरुरी रहेको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ।
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा भुटान छ। उसले ७२ नम्बर प्राप्त गरेको छ। श्रीलंकामा नेपालमा भन्दा पनि बढी भ्रष्टाचार हुने तथ्यांकले देखाएको छ। श्रीलंकाले ३२ अंक पाएको छ। पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा भ्रष्टाचार हुने दर झनै बढी रहेको उल्लेख छ। पाकिस्तान, बंगलादेश र अफगानिस्तानले क्रमश २७, २३ र १७ अंक पाएका छन्।
नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा पनि भ्रष्टाचारको दर बढी नै रहेको उल्लेख छ। ट्रान्सपरेन्सीका अनुसार भारतले ३८ अंक र चीनले ४३ अंक पाएको छ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




