सम्बन्धविच्छेदपछि एलिनाले विष्णुलाई लेखिइन् भावुक शब्द
काठमाडौं। गायिका एलिना चौहानले सम्बन्धविच्छेद गरेकी छन्। काठमाडौँ जिल्ला अदालतमा वारिसमार्फत यसअघि नै दर्ता गराएको पारापाचुके मुद्दा किनारा लागेको एलिनाले बताएकी छन्। उनले गएको वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग प्रेम विवाह गरेकी छन्। सम्बन्धविच्छेदपछि सामाजिक सन्जालमा विष्णुलाई भावुक शब्द लेखेकी छन्।
‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आआफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’
एलिनाले अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश विष्णुलाई दिएकी छन् ।
‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्’, उनले अगाडि लेखेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’
उनले यी सबै मात्रल विवाह पूरा नहुने पनि बताएकी छन् । ‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उनले लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।’
उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको पनि घोषणा गरेकी छन् । ‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’, उनले अन्तिममा भनेकी छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




