Breaking News

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई अनावश्यक दुःख दिने गरेको सम्बन्धमा प्रहरी टोलीले १६ जनालाई पक्राउ गरेको छ।

मङ्गलबार प्राप्त सूचनाका आधारमा खटिएको टोलीले एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पवन कुमार भट्टराईका अनुसार अहिले आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट पक्राउ परेकाहरू ३६ वर्षीय बलबहादुर सुनार, ३९ वर्षीय विज्ञान राई, ३१ वर्षीय संजय राजवाहक, ३६ वर्षीय विमल तामाङ, ३५ वर्षीय रमेश कार्की, ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, ३९ वर्षीय उद्धव खनाल र ३६ वर्षीय कल्पना लम्साल रहेका छन् ।

यसैगरी, प्रहरी वृत्त थानकोटबाट पक्राउ परेकाहरू २५ वर्षीय पासाङ तामाङ, ३० वर्षीय शुनिल लामा, २३ वर्षीय सुदिप मगर, २० वर्षीय बुद्ध तामाङ, २६ वर्षीय सुमेश नेपाली, २४ वर्षीय अमन तामाङ, १८ वर्षीय उज्वल सिंह र २६ वर्षीय दिलिप राई रहेका छन् ।

प्रहरीले हाल आवश्यक अनुसन्धान कार्य अगाडि बढाइरहेको र सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएको छ।

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त...

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

काठमाडौ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ...

पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?

पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

डुम्रे–बेसीसहर सडक ८ घण्टा

डुम्रे–बेसीसहर सडक ८ घण्टा

दमौली। डुम्रे–बेसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुर्दी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको...