डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा
थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी गरिएको छ र डढेलोका घटनाहरू बढेसँगै अवैध रूपमा आगो बाल्ने कार्यमा कडाइ गरिएको छ । प्रदुषण नियन्त्रण विभागकाअनुसार उत्तरी र उत्तर–पूर्वी क्षेत्रहरूमा एः २।५ को मात्रा सुरक्षा मापदण्डभन्दा धेरै बढी पाइएको छ ।
चियाङ माई प्रान्तमा सबैभन्दा बढी २९२।६ माइक्रोग्राम प्रति घनमिटर रेकर्ड गरिएको छ । सरकारी प्रवक्ता ललिदा पेरिसविवातानाले वायु प्रदुषकहरू बढ्नुको कारण आन्तरिक कृषिजन्य आगो र सीमापारबाट आउने तुवाँलो दुवै भएको बताउनुभएको छ । उहाँले आगामी दिनहरूमा सुख्खा मौसमका कारण नयाँ डढेलो लाग्ने र फैलिने जोखिम बढ्ने चेतावनी दिनुभएको छ ।
आईतवार थाइ जियो–इन्फर्मेटिक्स एण्ड स्पेस टेक्नोलोजी डेभलपमेन्ट एजेन्सीको पछिल्लो स्याटेलाइट डाटा अनुसार देशभर ४ हजार ३ सय २७ सक्रिय तातो स्थानहरू फेला परेका छन् । जसमा ९० प्रतिशतभन्दा बढी डढेलो वन क्षेत्रमा केन्द्रित छन् । एक विज्ञप्तिमा ललिदाले सरकारले सम्बन्धित निकायहरूलाई डढेलो पत्ता लगाउन र निभाउन तत्काल आदेश दिएको बताउनुभयो।
दुर्गम र उच्च जोखिम भएका क्षेत्रहरूमा पहुँच बढाउन विमान र ड्रोनहरू परिचालन गरिएको छ । अधिकारीहरूले खुला रूपमा आगो बाल्ने अभ्यासलाई कम गर्न समुदायमा आधारित अभियानहरू तीव्र पारिरहेका छन् र सेल ब्रोडकास्ट प्रणालीमार्फत निरन्तर सार्वजनिक चेतावनीहरू जारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा, थाइल्याण्डले लान्चाङ–मेकोङ सहयोग संयन्त्र र ’हटलाइन क्लियर स्काई’ च्यानलमार्फत छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको छ ताकि तातो स्थानहरू कम गर्न र सीमापार तुवाँलोको प्रभावलाई कम गर्न सकियोस् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट...
अर्जेन्टिनाको एक विद्यालयमा गोली चल्दा एक विद्यार्थीको मृत्यु, ८ घाइते
अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा १३ वर्षीय एक विद्यार्थीको मृत्यु भएको छ । अन्य आठ...
उत्तर–पूर्वी चीनमा भवन भत्किँदा सात जनाको मृत्यु
उत्तर–पूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा एउटा भवन आंशिक रूपमा भत्किँदा सात जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त...




