खेलकुद

च्याम्पियन्स लिग : घरमै हार्‍यो सिटी, रियलको जित

काठमाडौँ। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडसँग ३–२ ले पराजय भोगेको छ। गएराति भएको प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग ३–२ ले पराजित भएपछि सिटीको अन्तिम १६ यात्रा कठिन देखिएको हो।

रियलको जितमा केलियन एकबाप्पले, ब्राहिम डियाज र जुड बेलिङ्घमले समान एक गोल गरे। सिटीका लागि दुवै गोल हालान्डले गरे। खेलको पहिलो हाफमा नै १–० ले पछि परेको रियलले उदोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

पहिलो हाफको १९ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एमबाप्पलेको गोलमा रियल खेलमा फर्कियो। ८० औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटीले पुनः अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन। ८६ औँ मिनेटमा डियाजको गोलमा रियलले खेललाई पुनः बराबरीको स्थितीमा ल्याएको थियो। इन्ज्युरी समयमा बेलिघमले गोल गरेपछि रियलले पहिलो लेगमा संर्घषपूर्ण जित निकालेको हो।

गएराति कै अर्को खेलमा पिएसजीले भने ब्रेस्टमाथि ३–० को फराकिलो जित दर्ता गरेको छ। अर्को खेलमा युभेन्टसले पिएसभीलाई २–१ ले हराउँदा बोरुसिया डर्टमुन्डले स्पोर्टिङ सिपीलाई ३–० ले नै पाखा लगाएको हो। नकआउट चरणको प्लेअफमा आज राति पनि चार खेल हुनेछन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...