सुदन किराँतीद्वारा प्रलोपामा राजीनामा
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले राजीनामा दिनुभएको छ। चुनावी परिणामलाई कारण देखाउँदै उहाँले राजीनामा दिएको प्रलोपा स्रोतको भनाइ छ ।
उहाँले चुनावको नतिजा आएलगत्तै राजीनामा दिए पनि हालसम्म पार्टीले स्वीकृत गरेको छैन । गत ८ मंसिरमा गठन भएको पार्टीमा किराँतीसहित दुर्गा सोब, ओजस्वी भट्टराई, सन्तोष परियार र अशोक जैसवाल अध्यक्ष परिषद्का सदस्य हुनुहुन्छ। सोब र भट्टराईले पनि राजीनामा दिएको स्रोतको भनाइ छ ।
किराँतीको हकमा अध्यक्ष परिषद्का सदस्य परियारले भने राजीनामा आएको कुरा स्वीकार्नुभएको छ। उहाँले पार्टी सञ्चालनको विषयमा केही असन्तुष्टि देखिएको जानकारी दिनुभयो। सोही असन्तुष्टिबारे आज बुधबार परिषद्को बैठक बसेको उहाँले बताउनुभयो । तर, उक्त बैठकले कुनै ठोस निर्णय नगरेको र आगामी केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो।
बुधबारको अध्यक्ष परिषद्को बैठकमा किराँतीले ‘राजीनामा दिइसकेको हुँदा नैतिक रूपमा बैठकमा उपस्थित हुन असमर्थ रहेको’ भन्दै भर्चुअल माध्यमबाट सूचना पठाउनुभएको छ। साथै, उक्त सूचनामार्फत उनले आफ्नो राजीनामा स्वीकृत गर्नसमेत आग्रह गर्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ
काठमाडौँ। खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ कि...
रुसबाट युक्रेनमा झन्डै ७०० ड्रोन प्रहार, कम्तीमा ५ जनाको मृत्यु
रुसले युक्रेनमा मंगलबार रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले...
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
बिहीबार बिहान इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका...
आजदेखि एसईई
काठमाडौँ। आज (चैत १९) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई...




