खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ
काठमाडौँ। खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ कि ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती ४ का ३१ वर्षीय प्रमोद तामाङ छन् । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
सुकुमायाले मनमैजुमा सञ्चालन गरेको अशोक खाजाघर र प्रमोदले सञ्चालन गरेको मञ्जुश्री घरमा यौनधन्दा चलाएको आरोप छ । भाडा माझ्ने तगा सरसफाइको काम भन्दै मासिक ७ देखि १५ हजार रुपैयाँसम्म तलब हुने भनेर काममा राखिएका युवतीलाई यौनधन्दामा लगाएको आरोप उनीहरुमाथि छ ।
पक्राउ परेका दुबैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सरकार काम गरेर बोल्छ : रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको...
दीपक भट्ट पक्राउ
काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी...
सुदन किराँतीद्वारा प्रलोपामा राजीनामा
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले राजीनामा दिनुभएको छ। चुनावी परिणामलाई कारण देखाउँदै उहाँले...
रुसबाट युक्रेनमा झन्डै ७०० ड्रोन प्रहार, कम्तीमा ५ जनाको मृत्यु
रुसले युक्रेनमा मंगलबार रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले...




