Breaking News

सरकार काम गरेर बोल्छ : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भोषण कम गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारदेखि सुरुभएको बैठकको पहिलो वक्ताको रूपमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “हामी सबैको एउटै लक्ष्य मुलुकको समृद्धि हो, त्यसमा केन्द्रित रहने छौं ।” अहिलेको सरकारलाई जनताले दिएको चुनावी म्यान्डेट परिवर्तन भएको उहाँले बताउनुभयो ।

सभापति लामिछानेले वर्तमान सरकारले समस्या देखाउनुभन्दा समाधानको बाटोमा लाग्ने बताउँदै थप्नुभयो, “यो सरकारलाई जनताको समस्याको आवाज सुनाइ दिनुहोला, कुनै सांसदको बोल्नेक्रममा माइक काटिने छैन । सुशासनको बेग घट्ने छैन ।”

जनजी विद्रोहको सन्तानको रूपमा वर्तमान सरकार भएको बताउँदै सभापति लामिछानेले भन्नुभयो, “परिवर्तन र विकासको सुनिश्चित्ता गर्ने छौं । निजी क्षेत्रका लागि लगानी सुनिश्चित् गर्ने छौं ।” दलित समुदाय सदियौंदेखि राज्यबाट विभेदमा परेकाले अब त्यसको क्षतिपूर्तिसहित न्याय गर्ने उहाँले चर्चा गर्नुभयो । सरकारको नेतृत्व गरेको दलको नाताले सरकारको तर्फबाट अहिलेसम्म गरिएको विभेदप्रति उहाँले क्षमायाचना गर्नुभयो ।

शिक्षा र रोजगारीमा बराबर पहुँच कायम गर्ने बताउनुहुँदै सभापति लामिछानेले भन्नुभयो, “महिलामाथिको सबै किसिमको हिंसामा शुन्य सहनशीलता कायम गरिने छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चित्ता गरिने छ ।” विदेशमा रहेका नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने र यहाँको प्राकृतिक स्रोत साधनको सदुपयोग गरी यही रोजगारी सिर्जना गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित समाचार

वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने

वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। ललितपुरको लगनखेल,...

ज्ञानेन्द्र शाहीको माग : संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना गर्नैपर्छ

ज्ञानेन्द्र शाहीको माग : संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पुन:स्थापना गर्नैपर्छ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हिन्दु, बौद्ध र किरातको बहुलता भएको देश धर्मनिरपेक्ष हुनै...

दीपक भट्ट पक्राउ

दीपक भट्ट पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी...

खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ

खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ। खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ कि...