अर्थ

महँगिए विदेशी मुद्रा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर बढेको हो। हिजो कुबेती र बहराइन दिनारको मूल्यमा निकै गिरावट आएको छ। आज ती मुद्रा पनि महँगिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा थियो।

यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ०६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६४ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ १६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा थियो। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा थियो।

सम्बन्धित समाचार

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै

काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण...

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

काठमाडौँ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा...

सुनचाँदीकोे मूल्य वृद्धि

सुनचाँदीकोे मूल्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा...