४ देशीय महिला च्याम्पियन्स लिगका लागि एन्जिलाको कप्तानीको २३ सदस्य टोली घोषणा
काठमाडौं।चार देशीय महिला च्याम्पियन्स लिगका लागि नेपालले एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा २३ सदस्य टोली बनाएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले दुई नयाँ खेलाडी समेट्दै टिम घोषणा गरेका हुन्। टिममा मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेटिएको छ।
यसअघिको महिला च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन्। टिममा अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।
मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।
दोस्रो चरणको छनोटमा परेका ३० खेलाडीबाट ७ जना बाहिरिएका हुन् । गोलरक्षकहरू साबित्री किसन र सुजाता तामाङ, डिफेन्डरहरू सजनी थोकर र प्रतिक्षा चौधरी, मिडफिल्डरहरू सम्झना लावती र बिर्सना चौधरी तथा फरवार्ड ममता पुन अन्तिम टोलीमा अटाउन सकेनन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




