राजनीति

भूमि अध्यादेशबाट बिच्किएको लोसपा, सरकार छाड्न पनि तयार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल भूमिसम्बन्धी अध्यादेशमा असन्तुष्टि देखाउँदै सरकार छाड्ने संकेत देखाएको छ। सरकारले राष्ट्रियसभामा दर्ता गरेको अध्यादेश पारित नगर्ने पक्षमा उभिएको लोसपा सरकार छाड्न समेत तयार रहेको बताउन थालेको छ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गरेका छन् । सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले भने, ‘केन्द्रीय सरकारलाई नैतिक संकट आएको छ,हामीले भूमि सम्बन्धी अधयादेशको विरोध गरेका छौं । नदी किनार,जंगल छेउमा आएर कब्जा गछृन् । हामीले सरकार गिराउन खोजेको होइन तर नैतिक संकट त आयो । हामी अहिलेसम्म सरकारमा थियौं तर अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट । हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिपर्ने हुन्छ । उनीहरुलाई नै हटाइदिन पनि सक्छन् ।’

सम्बन्धित समाचार

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...

इलाम कारागारभित्रै मतदान

इलाम कारागारभित्रै मतदान

इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...