निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिस्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे।
कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।
नीतिगत उपमहासचिवमा मङ्गल शाही विजयी भए । आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भए भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता
काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ...
पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...
डुम्रे–बेसीसहर सडक ८ घण्टा
दमौली। डुम्रे–बेसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुर्दी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको...
बादलको अभिव्यक्तिमा विष्णुको आपत्ति, पार्टीमा छलफल हुने
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र...




