अन्तर्राष्ट्रिय

सिरियामा ५५ लाख विस्थापित, १ करोड ३३ लाख खाद्य असुरक्षामाः संयुक्त राष्ट्र संघ

सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकटको सामना गरिरहेको संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूले बताएका छन्।

राष्ट्र संघकाअनुसार हाल सिरियामा करिव ५५ लाख मानिस विस्थापित भएका छन् भने १ करोड ३३ लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेका छन्। खाद्य असुरक्षा खेपिरहेकामध्ये ७२ लाख मानिसले खाद्यान्नको चरम अभाव झेलिरहेका छन्।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला तथा आपतकालीन राहत संयोजक एवं संयुक्त राष्ट्र संघका उप–महासचिव टम फ्लेचर र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका प्रशासक अलेक्जेन्डर डी क्रुले सिरियाली विदेश मामिला अधिकारी कुतैबा कादिससँगै सिरियाका लागि निरन्तर अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्।

mahalaxmi Bank
Global ime Bank
nepal life Insurance
फ्लेचरले हालैका महिनाहरूमा सिरियामा केही सकारात्मक प्रगति भएको उल्लेख गरेपनि एक दशकभन्दा लामो युद्धका कारण मानवीय अवस्था अझै भयावह रहेको चेतावनी दिए। राष्ट्र संघको अनुमानअनुसार यसवर्ष सिरियामा कुल १ करोड ५६ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता छ।

फ्लेचरले विश्वव्यापी रूपमा सहायता कोषमा भइरहेको कटौतीले मानवीय कार्यहरू प्रभावित भइरहेको कुरामासमेत जोड दिए। राष्ट्र संघको अनुमानअनुसार सन् २०२६ मा सिरियाको समग्र मानवीय प्रतिकार्यका लागि झन्डै २ अर्ब ९० करोड अमेरिकी डलर आवश्यक पर्नेछ।

पत्रकार सम्मेलनअघि संयुक्त राष्ट्र संघका अधिकारीहरूले सिरियाका अन्तरिम नेता अहमद अल–शारा र विदेश प्रमुख असाद शैबानीसँग उच्चस्तरीय परामर्श गरेका थिए। सो भेटवार्ता मानवीय सहायता र पुनरुत्थानका प्रयासहरूको समन्वयमा केन्द्रित रहेको बताइएको छ।

सम्बन्धित समाचार

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

काठमाडौ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ...

रुसबाट युक्रेनमा झन्डै ७०० ड्रोन प्रहार, कम्तीमा ५ जनाको मृत्यु

रुसबाट युक्रेनमा झन्डै ७०० ड्रोन प्रहार, कम्तीमा ५ जनाको मृत्यु

रुसले युक्रेनमा मंगलबार रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले...

इन्डोनेसियामा  शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

बिहीबार बिहान इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका...

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...