पेशागत स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यशाला
इलाम । पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धि २ दिने कार्यशाला इलाममा सम्पन्न भएको छ । सदरमुकाममा चैत १८ र १९ गते दुई दिन सञ्चालन भएको कार्यशालामा इलामका चिया उद्योगी तथा चिया क्षेत्रमा काम गरिरहेका १९ किशानहरुको सहभागिता रहेको थियो ।
टि एलाइएन्स नेपालको आयोजना र हेल्भेटास नेपालको प्राविधिक सहयोग रहेको कार्यशालामा हिमालय सेफ्टी प्रालिले तालिम सञ्चालन हो ।
दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर) अन्तर्गत इलाममा भएको यो दोस्रो चरणको कार्यशाला हो । यस अघि गतवर्ष यसै परियोनाको पहिलो चरणको तालिम इलाममा टि एलाइएन्स नेपालसँगको साझेदारीमा भईसकेको हेल्भेटास नेपाल कार्यक्रमका कोअर्डिनेटर रेखा उप्रेतीले जानकारी गराउनुभयो।
दुई दिन सञ्चालन भएको कार्याशालामा व्यवसायमा स्वास्थ्य र सुरक्षा किन आवश्यक छ?, उद्योग संस्थामा स्वास्थ्य र सुरक्षा किन अपनाउने ? उद्योगी र कामदारले स्वास्थ्य र सुरक्षा सम्बन्धि संस्कृति किन लागू गर्न आवश्यक छ? स्वास्थ्य र सुरक्षा सम्बन्धि कानूनी दायरा कस्तो छ ? र स्वास्थ्य सुरक्षाले पेशागत उद्योगहरुमा कस्तो भूमिका खेल्दछ ? लगायतका विषयहरुमा सहजीकरण गरिएको तालिम प्रशिक्षक तथा हिमालय सेफ्टी प्रालिका दिपक लामिछानेले जानकारी दिनुभयो ।
चिया एलाइएन्स नेपालले संस्थागत विकार र चिया क्षेत्रका समग्र उद्योगी, व्यवसायी, र कार्यरत कामदारका विकासका लागि इलामका विभिन्न पालिका तथा संस्थाहरुसँग द्विपक्षीय सम्झौता गरि विभिन् कार्यक्रमहरु आयोजना गरिरहेको एलाइएन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी बताउनुभयो। उहाँले भन्नुभयो,` हेल्भेटास, इलाम नगरपालिका र एलाइएन्बीच द्विपक्षीय तथा त्रिपक्षीय सम्झौता भई विविध कार्यक्रमहरु अघि बढेको छ।´
अन्य पालिकाहरुसँग समेत सम्झौता गरि चिया क्षेत्रको विकासको लागि काम गर्ने बताउनुभयो। हेल्भेटास नेपालले सन् १९५६ देखि नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, सीप विकास, खानेपानी तथा सरसफाइ, जलवायु परिवर्तन, दिगो पूर्वाधार (पुल तथा सडक निर्माण) र सुशासनजस्ता महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ ।
हेल्भेटासले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना, सीप अभिवृद्धि तथा सामाजिक न्याय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको हेल्भेटास कार्यक्रमका कोशी प्रदेश प्रमुख विकास पन्थिले जानकारी दिनुभयो ।
इलाम जिल्लाका विभिन्न पालिकामा समेत हेल्भेटासले द्विपक्षीय तथा त्रिपक्षीय सम्झौता गरि शिक्षा, रोजगार, सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...
इलाम केन्द्रबिन्दु बनाएर भूकम्प
काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...
गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...




