राजनीति

बाबुरामको पार्टीले प्रयोग गरेको ‘अस्वीकार मत’ के हो?

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले यसअघिको चुनावको मतदानमा नयाँ प्रयोग ल्याएको थियो। नयाँ शक्तिले कुनै पनि उम्मेदवारलाई मत नहाल् दा हुने वा मत अस्वीकार गर्न मिल्ने प्रावधान ल्याएको थियो। यसलाई मत अस्वीकार(रिजेक्ट) विधि भनिन्छ।

कात्तिक(५–६) गते पोखरामा सम्पन्न प्रथम विधान अधिवेशनबाट सो पार्टीले अस्वीकार (राइट टु रिजेक्टर) को व्यवस्था विधानमै गरेको थियो । विधान अनुसार माघ (२७–२९) मा प्रज्ञा भवन कमलादीमा प्रथम राष्ट्रिय महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्दा अस्वीकारको व्यवस्था मत पत्रमै राखेको हो ।

जसअनुसार विभिन्न पदमा २१ मत अस्वीकार अर्थात् कुनै पनि उम्मेदवारलाई मत दिन्नमा परेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । शर्माका अनुसार अध्यक्षमा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापाईं दुवैलाई मत दिन्न भन्नेमा २ मत परेको थियो ।

विधानमै भएको व्यवस्था अनुसार कुनै उम्मेदवारले पदीय आचरण अनुरूपको काम गरेनन् वा पार्टीहीत विपरीत काम गरेमा प्रत्याह्वानको प्रयोग गर्ने शर्माले बताए । यस्तै पहिलो पटक प्रवासी प्रतिनिधिहरूले इलेकट्रोनिक मताधिकार प्रयोग गरेको पनि उनले दाबी गरे ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...