Breaking News

एमालेले दियो बालेन सरकारलाई बधाई

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजेताहरूलाई औपचारिक बधाई दिएको छ ।

आजको सचिवालय बेठकमा चुनावको संक्षिप्त समीक्षा गरिएको उपमहासचिव लेखराज भट्टले बताउनुभयो।

‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ ।

निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ’, एमालेको निर्णय छ ।

सम्बन्धित समाचार

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

काठमाडौं। इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी अधिकारीले शुक्रबार समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यसको पुष्टि गरेका...

एमालेले सच्यायो बादलको अभिव्यक्ति

एमालेले सच्यायो बादलको अभिव्यक्ति

काठमाडौं। नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्ति सच्याएको छ । शुक्रबार बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति...

बजेट तयार कार्यदल गठन

बजेट तयार कार्यदल गठन

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार गर्न समिति बनाएको छ। राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख...

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

काठमाडौँ। परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण खाडीमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश...