अर्थ

आज कस्तो छ विदेशी मुद्राको विनियम दर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अमेरिकी डलरसहितका केही मुद्रा भने सस्तिएका छन्। दुई दिन एउटै मूल्यमा स्थिर रेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३४ पैसा थियो।

यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया ०७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ७० पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ५६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ १९ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०२ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ५० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ २६ पैसा थियो। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ३७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ १० पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ६९ पैसा थियो।

सम्बन्धित समाचार

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट

काठमाडौँ। चालु आर्थिक वर्ष (आव २०८२/८३) को ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको...

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...

कति छ विदेशी मुद्राको विनिमयदर?

कति छ विदेशी मुद्राको विनिमयदर?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...