अन्जनले एनएसएलका लागि फेरे टिम, बने चितवनको मार्की
काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टले यो बर्षको नेपाल सुपर लिग चितवनबाट खेल्ने भएका छन् । फ्रेन्चाइज फुटबल क्लब चितवनले उनलाई मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।
गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो ।
अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रुपमा शीर्षस्थानमा छन् । उनले १३ गोल गरेका छन् । चितवनले उनको गोल गर्ने क्षमता र आक्रामणमा फरक पोजिसनमा खेल्न सक्ने शैलीले पनि टोलीलाई निकै सहयोग पुग्ने क्लबका अध्यक्ष सचिन ढकाल विश्वास व्यक्त गरे ।
अन्जनले पनि चितवनमा आएर नयाँ चुनौती सामना गर्न तयार रहेको बताए । अन्जन पहिलो सिजनमा ललितपुर सिटी एफसी र दोस्रो सिजनमा झापा एफसीको मार्की खेलाडी थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




