Breaking News
२१ चैत २०८२ ७:३२
खबर सेवा · More from author
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
खबर सेवा
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो ।
सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
काठमाडौँ। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका हुन् ।...
२२ चैत २०८२ १४:१२
एमालेकी लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै, कांग्रेसले उम्मेदवारी नदिने
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने...
२२ चैत २०८२ १४:१०
खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई...
२२ चैत २०८२ ११:३९
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
म्याग्दी। यहाँको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई...
२२ चैत २०८२ ११:३८




