Breaking News

काँग्रेस नेता, कार्यकर्तालाई शेखर कोइरालाको स्पष्टोक्तिः म पार्टीको कुनैपनि समूहमा छैन

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा। शेखर कोईरालाले आफू पार्टीको कुनैपनि समूहमा नरहेको बताउनुभएको छ । नेता कोईराला संस्थापन इतर समूहमा रहेको समाचार संप्रेषण भईरहेका बेला उहाँले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टिकरण दिनुभएको हो । शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाउनु भयो । उहाँले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताउनु भयो । काँग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोईरालाको भनाई थियो ।

उहाँले भन्नुभयो,‘नेपाली काँग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । त्यो तपाईहरु ढुक्क हुनुहोस् । म कुनै यो ग्रपमा, त्यो गु्रपमा छैन । तपाईहरु स्पष्ट हुनुप¥यो यो कुरामा । मानिसहरुले, साथीहरुले यही कोठामा, यही हलमा भएका साथीहरुले पनि मेरो बारेमा धेरै कुराहरु लेखेको मैले देखेको छु । सामाजिक सञ्जाल हामी पनि हेर्छौ । हामी हर्दैनौ भन्ने होइन । हामी पनि बुझ्छौँ । तर जसरी प्रश्तुत गरिएको छ । मलाई चिन्ता छैन । मलाई जसले जति गाली गरे पनि हुन्छ । त्यसले मलाई केही पनि असर गर्दैंन । किनभने मेरो एउटै लक्ष्य छ–नेपाली काँग्रेसलाई एकढिक्का बनाएर फेरी हामीहरु पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो । अरु मेरो केही इच्छा छैन ।’

त्यस अवसरमा काँग्रेस नेता कोइरालाले विपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरुको विशेष योगदान रहन सक्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई...

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी। यहाँको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई...

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ। कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...

उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा आठ जनाको मृत्यु...