लेबनानमा शान्ति सेनामाथि हमलामा उपरथी चोकबहादुर घाइते
लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामा आक्रमण भएको छ। शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल आक्रमणमा घाइते भएका छन्।
उनको सवारी साधनलाई उत्तेजित प्रदर्शनकारीहरूले रोकेर आक्रमण गरेका थिए। उपरथी ढकाल सवार गाडीलाई पहिलो गाडी क्रस गर्ने बित्तिकै प्रदर्शनकारीहरूले रोकेपछि गाडीमा आगोको लप्काले लग्न थालेको थियो।
सुरक्षाकर्मीहरू सवारी साधनको अगाडि र पछाडि रहेको जिपले गाडीको इस्कर्ट गरिरहेका थिए। घटनापछि, उपरथी ढकाललाई यूएन लेभल–३ अस्पतालमा उपचारका लागि पुर्याइएको थियो र अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ।
ढकाल आफ्नो कार्यकाल सकेर स्वदेश फर्किने क्रममा थिए र नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरमा शुक्रबार विदाइ कार्यक्रम गरिएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु
अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...
मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु
लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको...
इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




