Breaking News

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियान अन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए ।

यस्तै २० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौँ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन् । प्रवक्ता काफ्लेले अभियान जारी रहने बताउनुभएको छ ।
–––

सम्बन्धित समाचार

रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने

काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...

अब सरकारले शनिबार र आइतबार बिदा दिने

अब सरकारले शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...