Breaking News

एमालेकी लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै, कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो ।

दलीय सहमतिमा भण्डारीलाई अघि बढाउने सहमति भएको कांग्रेस सांसद पदम परियारले जानकारी दिए । ‘दलहरूका सहमतिअनुसार उपाध्यक्ष एमालेलाई दिने र संसदीय समितिमा कांग्रेसले २ र अरु दलले १र१ लिने सहमति भएको बुझिएको छ । त्यसको औपचारिक जानकारी भने आएको छैन,’ परियारले भन्नुभयो ।

राष्ट्रियसभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रियसभा अध्यक्षसहित) हुनुहुन्छ । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।

सम्बन्धित समाचार

रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने

काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...

अब सरकारले शनिबार र आइतबार बिदा दिने

अब सरकारले शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...