अब सरकारले शनिबार र आइतबार बिदा दिने
काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको छ ।’
त्यसैगरी बैठकले एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने
९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।
सँगै सरकारले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश
काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने
काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...
सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...
इरानले अमेरिकी दुई युद्ध विमान खसाल्यो
वाशिङ्टन । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले...




