अध्यादेशको बचाउमा ओली, सदनमा भने : अध्यादेशको अधिकार माओवादीका लागि मात्र होइन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीलाई माओवादी सांसद वर्षमान पुनले ‘अध्यादेशलाई ल्याएर संरद्लाई किन होच्याएको?,’ भनेर प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन आग्रह गरे । २०८० वैशाख २० गते सम्झन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो ।’
आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको उनले जिकिर गरे । ‘मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र?,’ प्रधानमन्त्री ओलीले भने, ‘अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ, पार्टी फुटाउनका लागि भनेर ।’
ताजा अपडेट
-
१.
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
-
२.
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
-
३.
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
-
४.
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
-
५.
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...




