हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको उद्धार
पोखरा। कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू तालको बीच भागमा फसेका थिए ।
दिउँसो करिब सवा ४ बजे उनीहरू तालमा फसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीअन्तर्गत फेवा रेस्क्यु टावरमा खटिएको टोली परिचालन भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।
उद्धार गरिएकाहरूमा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी, पोखरा–३३ बागमाराकी २१ वर्षीया सलिना पुन, म्याग्दीको अन्नपूर्ण–३ की २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र १९ वर्षीया रिया मगर रहेका छन् ।
त्यसैगरी, भारतको नयाँ दिल्ली घर भएका २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडबको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ
काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्...
पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...
मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...
इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला
काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...




