सोमवार, भदौ २, २०८२
English
Follow us:

घटबढ छैन विदेशी मुद्रा

घटबढ छैन विदेशी मुद्रा

  • खबर सेवा

  • सोमवार, फाल्गुन ५, २०८१

  • 101
    SHARES
घटबढ छैन विदेशी मुद्रा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य बढेको छ। कुबेती दिनारको मूल्य घट्दा अमेरिकी डलर र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य भने घटबढ् भएको छैन।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ। यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४५ रुपैया ०७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ७० पैसा थियो। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ १५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ १३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ५० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ३७ पैसा छ। हिजो पनि बहराइन दिनारको कारोबार मूल्य यही थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology