अन्तर्राष्ट्रिय

एलपीजी भण्डारण र कालोबजारी विरुद्ध कारबाही गर्न आग्रह भारत सरकारको आग्रह

भारतको संघीय सरकारले राज्यहरूलाई तरल पेट्रोलियम ग्यास (एलपीजी) र अन्य पेट्रोलियम पदार्थहरूको भण्डारण र कालोबजारी जस्ता कुप्रथाहरू नियन्त्रण गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले सबै राज्यहरूलाई पत्र लेख्दै स्थानीय सरकारहरूलाई देशभर एलपीजी र पेट्रोलियम पदार्थको आतंकित खरिद र भण्डारण रोक्न आफ्नो सञ्चार रणनीतिलाई तीव्र बनाउन आग्रह गरेको छ ।

राज्यहरूलाई सामाजिक र इलेक्ट्रोनिक मिडिया मार्फत सही जानकारीको समयमै प्रसार सुनिश्चित गर्न सक्रिय र नियमित सार्वजनिक सञ्चारलाई अघि बढाउन भनिएको छ । मन्त्रालयले राज्यहरूलाई भण्डारण, विचलन र अनावश्यक आतंक सिर्जना गर्न सक्ने गलत सूचनाको प्रसार विरुद्ध कडा निगरानी राख्न पनि आग्रह गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण प्रमुख तेल ढुवानी मार्ग, हर्मुज जलडमरूमध्यबाट समुन्द्री यातायातमा आएको कमीले गर्दा भारतमा एलपीजीको आपूर्तिमा कमी आएको छ।

सम्बन्धित समाचार

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...

आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब

आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब

काठमाडौँ। काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन्...

पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु

पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ। प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको...