चार देश सम्मिलित च्याम्पियनसिपमा भिड्दै नेपाली महिला टिम
काठमाडौँ। अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ। चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो। सोमबार दुई खेल हुँदैछन्। दिउँसो २ बजे हुने उद्घाटन खेल म्यानमार र लेवनानबीच हुनेछ। साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ।
फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ। कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ। ६ वर्षअघि भएको भएको खेलमा नेपाल ८-२ गोलले विजयी भएको थियो।
यद्यपि ६ वर्षअघि जित निकालेको भएपनि अहिले सो टोली बलियो रहेको नेपालका प्रशिक्षक राजेन्द्र तामाङले आइतबार पत्रकार सम्मेलनमा बताएका थिए। प्रतियोगिताकै लागि रेखा पौडेल, कप्तान एन्जिला तुम्बापो सुब्बा केही दिनअघि नै नेपाल फर्किएका थिए। उनीहरू युरोपका विभिन्न लिग खेलिरहेका थिए। नेपाल टिमका स्टार फरवार्ड साबित्रा भण्डारी साम्बा सोमबार बिहान फ्रान्सबाट नेपाल आउँदैछिन्।
उनले पहिलो खेल खेल्ने सम्भावना न्यून छ। प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलाइनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ। यस प्रतियोगितालाई एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिइएको छ।
एएफसी वुमन्स एसियन कप २०२६ का लागि आगामी जुन २३ देखि जुलाई ५ सम्म छनोट प्रतियोगिता आयोजना हुँदैछ। छनोट प्रतियोगितामा नेपालसहित ३३ टोलीले भाग लिँदैछन्। ३३ टोलीलाई आठ समूहमा विभाजन गर्न आगामी मार्च २१ मा ड्र हुँदैछ। आठ समूहका विजेताहरू सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी वुमन्स एसियन कप २०२६ मा पुग्नेछन्। यति मात्र होइन उक्त प्रतिस्पर्धा २०२७ को फिफा वुमन्स विश्वकप र २०२८ को ओलम्पिकको छनोट समेत हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




