
काठमाडौँ। भारतको राजधानी दिल्लीमा सोमबार बिहान भूकम्प गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा लेखेको छ: भूकम्पको केन्द्र दिल्लीमा जमिनबाट ५ किलोमिटर गहिराइमा थियो।