Breaking News

सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने

वराहक्षेत्र । कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो ।

वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा चैत २६ देखि २७ गते सम्म कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको कोशी प्रदेश भ्रमण वर्ष २०८२ का सह संयोजक भविश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले १२ नम्बर स्पर ९रिसोर्ट० मा चैत २५ गते महोत्सवको उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

महोत्सवले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन गर्दै कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यका साथ महोत्सव सञ्चालन गर्न लागिएको स्थानीय संयोजक अंगत राइले बताउनुभयो । मोहत्सवको बारेमा जानकारी दिन सप्तकोसी नदी किनारमा पत्रकार सम्मेलन गरेर महोत्सव बारे जानकारी गराइको थियो ।

सार्वजनिक गरिएको कार्यक्रम अनुसार चैत २६ गते बिहान ६ बजे कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन गराइने संयोजक राईले बताउनु भयो । पर्यटकहरूले आरक्षका विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गरेपछि सोही दिन दिउँसो रामधुनी मन्दिर दर्शन तथा साँझ बोराबाँध क्षेत्रमा सूर्यास्त अवलोकनको कार्यक्रम राखिएको छ । साझ सांस्कृतिक कार्यक्रमअन्तर्गत लाखे र धान नाच प्रस्तुत गरिनेछ जनाइएको छ ।

म्होत्सवको दोस्रो दिन चैत २७ गते बिहान ७ बजे पर्यटकहरुलाई वराहक्षेत्र मन्दिर दर्शनपछि बिहान १० बजे वराहक्षेत्रबाट र्याफ्टिङ गर्दै बोराबाँधसम्म यात्रा गराइने । संयोजक राईका अनुसार दिउँसो १२ बजे जेट बोट, एटिभी राइडिङ तथा नौका सयरको व्यवस्था गरिएको छ भने साँझ ७ बजेदेखि स्थानीय कलाकारहरूको प्रस्तुति गरिने भएको छ । महोत्सव अवधिभर आगन्तुक पर्यटकहरूका लागि स्थानीय जातीय परिकारको स्वाद लिन पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर आन्तरिक र वाह्य पर्यटकहरुका लागि वराहक्षेत्रकोे प्राकृतिक सौन्दर्य अवलोकनसँगै स्थानीय कला, संस्कृति र जीवनशैली झल्काउने विभिन्न गतिविधिहरू सञ्चालन गरिने बताइएको छ । स्थानीय उत्पादन र परिकारहरूलाई विशेष प्राथमिकतामा राखेर कोदो, मकै, फापरजस्ता अन्नबाट बनेका परम्परागत परिकारदेखि स्थानीय तरकारी तथा लोकल कुखुरा, माछाका स्वादले आगन्तुकहरुलाई स्वागत गरिने बताइएको छ ।

सम्बन्धित समाचार

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका कमीकमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ...

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...