आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब
काठमाडौँ। काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन् । जो अचेल निकै चिन्तित भएका छन् । अफगानिस्तानका अन्य धेरै मानिसहरू जस्तै उनको जीविकोपार्जन पनि इन्धनको मूल्य वृद्धिका कारण दबाबमा छ ।
जसले उनलाई आर्थिक अनिश्चितताको अवस्थामा धकेलेको छ । विश्वव्यापी आपूर्तिमा अवरोध, इन्धन आयातमा कमी र बढ्दो यातायात लागतको संयोजनले अफगानिस्तानमा इन्धनको मूल्य प्रतिलिटर ५५ अफगानीबाट ह्वात्तै बढेर ६७ अफगानी पुगेको छ । जसले देशभरि नै प्रभाव पारेको छ । यो मूल्य वृद्धिले पहिले नै कमजोर अर्थतन्त्रमा रहेका ट्याक्सी चालक, साना व्यवसायी र सर्वसाधारण नागरिकमाथि असह्य दबाब थपेको छ ।
बढ्दो इन्धनको मूल्यको प्रभाव यातायात क्षेत्रभन्दा धेरै टाढासम्म फैलिएको छ । इन्धनको लागत बढ्दै जाँदा दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य पनि बढ्छ, जसले पहिले नै आर्थिक अनिश्चिततासँग जुधिरहेका जनसंख्यामाथि भारी बोझ सिर्जना गर्दछ । धेरै अफगानहरूका लागि यो आर्थिक तनाव असह्य बन्दै गएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...
इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला
काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् । उद्धार...
पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ। प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको...
एलपीजी भण्डारण र कालोबजारी विरुद्ध कारबाही गर्न आग्रह भारत सरकारको आग्रह
भारतको संघीय सरकारले राज्यहरूलाई तरल पेट्रोलियम ग्यास (एलपीजी) र अन्य पेट्रोलियम पदार्थहरूको भण्डारण र कालोबजारी जस्ता कुप्रथाहरू नियन्त्रण गर्न...




