मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु
काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् । सुरक्षा स्रोतहरूले बताएअनुसार शिविरको पूर्वमा हमास सुरक्षा बल र इजरायलसँग मिलेमतो गरेको आरोप लागेका व्यक्तिहरूबीच सशस्त्र झडप भएको थियो ।
उनीहरूले भने कि इजरायली ड्रोनहरूले घटनाको समयमा हस्तक्षेप गरे, प्रत्यक्ष गोली र मिसाइलहरू प्रहार गरे जसले हताहत गरायो । चिकित्सा स्रोतहरूले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको पुष्टि गरेका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पताल लगिएको छ । इजरायली सेनाबाट यस विषयमा तत्काल कुनै टिप्पणी आएको छैन ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द
इस्लामाबाद । अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको...
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्णप्रति आभार : एमाले अध्यक्ष ओली
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गर्नुभएको...
१३ दिन पछि ओली रिहा
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। उहाँलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको...
इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने
काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार जारी गरेको विज्ञप्तिअनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको टेलिफोन कुराकानीका क्रममा...




